श्रीलंकाः नवनियुक्त अन्तरिम राष्ट्रपति विक्रमासिङ्घेले गरे दुईवटा महत्वपूर्ण घोषणा
कोलोम्बो– श्रीलंकाका प्रधानमन्त्री रणिल विक्रमासिङ्घेले अन्तरिम राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरेका छन् । उनलाई देशका प्रधानन्यायाधीशले सपथ गराएका थिए ।
अन्तरिम राष्ट्रपतिको सपथ ग्रहण गरेपछि रणिल विक्रमासिंघेले दुईवटा महत्वपूर्ण घोषणा गरेका छन् ।
विज्ञप्ति जारी गर्दै उनले भने, ‘अन्तरिम राष्ट्रपति बनेदेखि मैले दुईवटा महत्वपूर्ण निर्णय लिएको छु । पहिलो महत्वपूर्ण निर्णय भनेको म राष्ट्रपतिका लागि ‘महामहिम’ शब्द प्रतिबन्धित गर्दैछु र दोस्रो राष्ट्रपतिको झण्डा खारेज गरेकाे छु’ ।
उनले गोटाबायाले राजीनामा दिएपछि सपथ ग्रहण गरेका हुन्
यसअघि बिहीबार साँझ सिंगापुर पुगेका गोटाबाया राजापाक्षेले श्रीलंकाको संसदका सभामुखलाई इमेलमार्फत राजीनामा बुझाएका थिए । जसलाई सभामुखले आज स्वीकृत गरेका छन् ।
राजीनामा स्वीकृत भएको केही समयपछि रणिल विक्रमासिङ्घेले अन्तरिम राष्ट्रपतिको रुपमा सपथ लिएका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १२:१३
प्रतिक्रिया दिनुहोस्