शोलेमा अमिताभ र धर्मेन्द्र अर्को भूमिका चाहन्थे
मुम्बई– फिल्म ‘शोले’ रिलिज भएको केही दिनमै मिनर्वा थिएटरदेखि ताडदेव ब्रिजसम्म दर्शकको लाइन लागेको थियो । मिनर्वामा रहेको बस स्टपलाई ‘शोले स्टप’ भन्न थालिएको थियो । मिनर्वाका मेनेजर सुशील मेहरा हरेक बिहान ८ बजेदेखि राती ८ बजेसम्म यति व्यस्त हुन्थे कि उनले आफ्नो परिवारलाई फिल्म हल भित्र बनेको दुई कोठाको अपार्टमेन्टमा बोलाएका थिए । किनकी उनलाई हरेक दिन घर जानुको कुनै अर्थ थिएन ।
‘शोले’ प्रति मानिसहरुको क्रेज यति धेरै थियो कि पञ्जाबबाट दिल्लीको प्लाजा सिनेमासम्म जाने बसहरु दर्शकले भरिभराउ हुन्थे । ती बसमा ‘शोले स्पेशल’ लेखिएका हुन्थे । ‘शोले’मा आधारित रहेर लेखिएको पुस्तक ‘शोले द मेकिङ अफ द क्लासिक’ की लेखिका अनुपमा चोपडा लेख्छिन्, ‘१५ रुपैंयाँको बालकोनी टिकट २ सय रुपैंयाँमा बिकीरहेको थियो ।’
भारतीय फिल्मको इतिहासमा यस्तो पहिलो पटक भएको थियो कि कुनै टिकट सय रुपैंयाँभन्दा अधिकमा बिकीरहेको थियो । एक साता मुम्बईमा यति धेरै पानी पर्यो कि मिनर्वा थिएटर पानीले नै भरियो । लबीमा चारफूटसम्म पानी जम्मा भएको थियो, तब पनि मानिसहरु जुत्ता हातमा लिएर र आफ्नो पेन्टलाई माथि सारेर पानीमा ‘छप–छप’ गर्दै थिएटरसम्म पुगेका थिए । फिल्मको संवाद उनीहरुलाई सम्झना थियो नै, उनीहरुले फिल्मको साउण्ड इफेक्टसम्म पनि सम्झेका थिए ।
फिल्मसँग जोडिएको दिल्लीको प्लाजा सिनेमाको एक किस्सा अझ रोचक छ । यो सिनेमामा एक व्यक्तिले पाँच महिनासम्म ‘शोले’को टिकट ब्ल्याकमा १ सय ५० रुपैंयाँमा बेचेर सीलमपुरमा आफ्ना लागि एउटा सानो घर नै बनाएका थिए । जुन घर उनले ‘शोले’को पोस्टरले सजाएका थिए ।
फुर्मला फिल्म क्लासिक फिल्ममा परिणत भयो ‘शोले’ मुम्बईको मिनर्वा थिएटरमा पाँच वर्षसम्म चलेको थियो । २ सय ४० हप्तामा पनि यो फिल्म हाउसफूलका साथ चल्यो । यो फिल्मले कैयौं व्यक्तिको जिन्दगी फेरिदियो । रिलिजको ४७ वर्षपछि पनि यसलाई बक्स अफिसको सफलताको मापदण्ड मानिन्छ ।
यो फिल्मका स–साना कलाकार सूरमा भोपाली, जेलर, कालिया र साम्भा सदाका लागि ‘अमर’ भए । यहाँसम्मकी घोडी धन्नोलाई पनि कसैले भुल्न सकेनन् । शेखर कपूरले यो फिल्मको बारेमा टिप्पणी गर्दै एक दिलचस्प मजाक गरेका थिए । ‘भारतीय फिल्मको इतिहासलाई दुई भागमा विभाजन गर्न सकिन्छ, ‘शोले बीसी’ र ‘शोले एडी’ । यो फिल्मले एक बी ग्रेड कथालाई एक ठूलो बजेटको भव्य फिल्ममा रुपान्तरण गरेको थियो’, शेखरले भनेका थिए ।
यो फिल्मले भारतीय फिल्म उद्योगलाई यो कुरा पनि सिकायो कि कसरी एक फर्मुला फिल्मलाई क्लासिक फिल्ममा परिवर्तन गर्न सकिन्छ ? विज्ञापनको दुनियाँका प्रख्यात हस्ती पियुश पाँडेले यो फिल्मलाई भारतमा बनेको सर्वश्रेष्ठ फिल्मको उपमा दिएका छन् ।
फिल्मको हरेक संवादलाई जनताले सम्झिए ‘शोले’का प्रशंसक यो फिल्मलाई पचास, साठी र सत्तरी पटक हेरेको दाबी गर्थे । मानिसलाई गब्बरको हतियार डिलरसम्मको नाम सम्झना थियो, जो पर्दामा मात्र ३० सेकेण्डका लागि आउँथे । मानिसहरु गब्बरको पितालाई पनि भुल्दैन थिए, जबकी उनको पिताको बारेमा फिल्ममा मात्र एक वाक्य थियो, जब अदालतमा गब्बरका विरुद्ध फैसला सुनाउँदा भनिएको थियो, ‘गब्बर सिहं, वल्द हरि सिंह’
‘शोले’मा सानो भूमिकामा अभिनय गरेका मेकमोहनले एक अन्तरवार्तामा भनेका थिए, ‘एकपटक न्यूयोर्ककको हवाई अड्डाका पहलवानजस्तो देखिने इमिग्रेसन अफिसरले मलाई बिना कुनै प्रश्न जान दिएका थिए, किनकी उनले ‘शोले’ हेरेका थिए र ऊ साम्बालाई चिन्दथ्यो ।’ पटनामा मानिसहरुले आफ्नो अटो रिक्सालाई ‘धन्नो’ नाम दिएका थिए । कैयौं पाँच तारे होटलको बारमा ड्रिक्सको नाम ‘गब्बर’ राखिएको थियो ।
गब्बर सिंहको चरित्र वास्तविक जीवनबाट ल्याएको थियो फिल्मका लेखक सलीम जावेदनले चार लाइनमा यो फिल्मको कन्सेप्ट नोट लेखेका थिए, जसलाई १५ दिन भित्र तीन घण्टाको फिल्ममा परिवर्तन गर्ने जिम्मा रमेश सिप्पीले उनीहरुलाई सुम्पेका थिए । यी तिनमा हलिउडका फिल्महरु ‘बच केसिडी’, ‘द मेग्निफिसेन्ट सेवेन’ र जापानी निर्देशक अकीरा कुरुसावाको ‘सेवेन समुराई’को खास प्रभाव थियो ।
गब्बर सिंहको नाम एक वास्तविक डाकुको नामबाट लिएको थियो । सलीमका पिता जो इन्दौरमा डीआईजी थिए । उनी सलीमलाई एक खतरनाक डाकुको कथा सुनाउने गर्थे । जसले पचासको दशकमा ग्वालियर छेउछाउका गाउँमा आतंक मच्चाएको थियो । उसको विशेषता यो थियो कि उसले प्रहरीलाई पक्रेर उनीहरुको नाक र कान काटिदिने गथ्र्यो ।
एउटा कथा यो पनि प्रचलित थियो कि गब्बरलाई खाकी रंगसँग यति घृणा थियो कि उसले एकपटक एक हुलाकीलाई पक्रेर उसको अनुहार बिगारिदिएको थियो । उनले आफू प्रहरी नभएको बताइरहँदा पनि गब्बरले उसको कुरा सुनेन । सूरमा भोपाली त्यो चरित्र थियो, जसलाई जावेद अख्तरले आफ्नो भोपालको दिनदेखि जान्दथे ।
वीरु र जय पनि सलीमको कलेजको दिनका साथीको नाम थिए । सिक्कावाला दृश्यको प्रेरणास्रोत फिल्म ‘गार्डेन अफ इविल’ थियो । तर सलीम र जावेद हुबहु नक्कल गर्ने कुरामा विश्वास गर्दैन थिए ।
सिप्पीले कैयौं व्यक्तिको राय विपरित अमिताभलाई लिए अभिनेत्री हेमा मालिनी टाँगावालीको भूमिकाका लागि त्यति उत्साहित थिइनन् । फिल्ममा मात्र साढे पाँच दृश्यको उनको भूमिका उनको त्यो समयको लोकप्रियता हेरिकन निकै कम थियो । जब हेमाले यो कुराको विरोध गरिन्, तब रमेशले उनलाई सम्झाए, ‘यो सञ्जीव र गब्बरको फिल्म हो । तर तिम्रो भूमिका निकै रोचक छ ।’
जयको साथीको भूमिका कसले निभाउछ भनेर प्रश्न नउठेको होइन । सबै वितरक चाहन्थे कि यो भूमिका शत्रुघन सिन्हाले गरुन् । तर सलीम जावेद सुरुदेखि नै अमिताभलाई लिने पक्षमा थिए । उनीहरु सायद भारतमा एक्लो व्यक्ति थिए, जसले अमिताभको सुपर फ्लप फिल्म ‘रास्तेका पत्थर’ तीनपटक हेरेका थिए र उनीहरु पूर्ण रुपमा ढुक्क थिए कि जयको साथीको भूमिकामा अमिताभको सम्भावना धेरै छ ।
आफ्नो आवाजका लागि प्रख्यात अमिताभ बच्चनलाई अल इण्डिया रेडियोले स्वर परीक्षामा फेल गराएको थियो र आफ्नो सुरुवाती एक फिल्म ‘रेश्मा और शेरा’मा उनले एक मुर्ख व्यक्तिको भूमिका निभाएका थिए । तर प्रकाश मेहराको ‘जञ्जीर’मा अमिताभलाई लिन सहमत भएका सलीम जावेदलाई अमिताभप्रतिको विश्वास कायम थियो ।
उता रमेश सिप्पीले पनि अमिताभको ‘बम्बे टु गोवा’ र ‘आनन्द’को फिल्म हेरेका थिए र प्रभावित भएका थिए । अमिताभले धर्मेन्द्रलाई यो भूमिकामा आफ्नो नाम सिफारिस गर्न रमेश सिप्पीलाई भन्न भनेका थिए ।
गब्बरको भूमिकाका लागि डेनी पहिलो रोजाईमा थिए ठाकुरको भूमिकाका लागि ठूलो दावेदार थिए प्राण । तर रमेश भने सञ्जीव कुमार नै उपयुक्र्त पात्र हुन भन्नेमा ढुक्क थिए ।
अभिनेत्री जया भादुरीलाई विधवाको जुन भूमिका मिलेको थियो, त्यो पनि कागजमा धेरै थिए । फुटेजमा त्यो भूमिका हेमा मालिनीको भन्दा पनि सानो थियो । तर रमेशले त्यो समयमा जयाबाहेक अन्य कसैले पनि आँखाले अभिनय गर्न नसक्ने तर्क दिएका थिए । जया यो भूमिका प्रति खासै उत्साहित थिइनन् । तर त्यो समयमा अमिताभसँग उनको नजिकिपना बढेको थियो ।
डाकूको रोलका लागि रमेशको पहिलो रोजाई डेनी डेन्जोङपा थिए । तर जावेद यो निर्णयबाट खुशी थिएनन् ।
गब्बरका लागि छानिए अमजद डेनी अर्को फिल्ममा व्यस्त भएपछि फिल्ममा अमजद खाँको प्रवेश भयो । सिप्पीले त्यो समयको लोकप्रिय खलनायकहरु रणजीत र प्रेम चोपडाका बारेमा पनि सोचेका थिए, तर त्यो भूमिका लायक सम्झिएनन् । एकसमय उनले प्रेमनाथलाई पनि यो भूमिका दिने सोचेका थिए । तर त्यतिबेलासम्म प्रेमनाथ निकै मोटा भइसकेका थिए ।
अमजदको ट्रयाक रेकर्ड त्यति राम्रो थिएन, तर थिएटरमा उनको लोकप्रियता राम्रो थियो । उनलाई दाह«ी बढाएर आउन भनियो । उनले चरित्रको गहिराईसम्म डुब्नका लागि जयाका पिता तरुण भादुरीले चम्बलका डाकुमाथि लेखेको पुस्तक ‘अभिशप्त चम्बल’ पढे ।
हरेक अभिनेता अर्को अभिनेताको भूमिका गर्न चाहन्थे स्क्रिप्टलाई कागजमा उतार्ने काम जावेदको थियो, तर उनको लेखन यति खराब थियो कि त्यसलाई पढ्न मुस्किल पथ्र्यो । उनी उर्दुमा लेख्थे, जसको हिन्दी अनुवाद उनका असिस्टेन्ट खलिश गर्थे । त्यसपछि उनको दोस्रो असिस्टेण्ट अमरजीत त्यसको एक लाइनमा अंग्रेजीमा सारांश लेख्थे ।
गब्बरको भाषा अवधी मिश्रित थियो । उसको शब्द छनोटमा रुखोपन थियो ।
लेखक यो भन्न चाहन्थे कि गब्बरको शिरमा ५० हजार रुपैंयाँको इनाम थियो । तर गब्कर बोल्दा यति अड्किन्थे कि उसले आफ्नो चम्चामार्फत तथ्यलाई दर्शकसम्म पु¥याएका थिए । गब्बरको संवाद थियो ‘अरे ओ साम्भा कितना इनाम रखे है सरकार हम पर ?’, ‘पुरे पचास हजार’, ‘सुना, पुरे पचास हजार’
स्क्रिप्ट यति राम्रो थियो कि जोकोही अभिनेता अर्को अभिनेताको भूमिका गर्न चाहन्थे । धर्मेन्द्र ठाकुरको रोलबाट यति प्रभावित भए कि यो भूमिका उनी आफैं गर्न चाहन्थे ।
दक्षिणमा भयो शोलेको सुटिङ रमेशलाई चम्बलको खोला मनपरेको थिएन । उनले एक यस्तो स्थानको खोजी गरे, जहाँ ठाकुरको घरबाट पुरा गाउँ देखिन्थ्यो । रमेशले यसको जिम्मेवारी आर्ट निर्देशक राम येडेकरलाई दिए । यसअघि कसैले पनि डाकुमा आधारित फिल्मको सुटिङ दक्षिणमा गरेका थिएनन् । लोकेशनको खोजीमा येडेकर आफ्नो गाडीबाट दक्षिणका लागि निस्किए । धेरै प्रयासपछि उनले बेङलोरबाट एक घण्टा टाढा सुटिङका लागि रामनगर चुने ।
शोलेको रेकर्ड कमाई पाँच वर्षसम्म मिनर्वा थिएटरमा लगातार फिल्म चलेपछि शोले यसकारण त्यहाँबाट हटाइयो, किनकी रमेशको अर्को फिल्म ‘शान’ रिलिजको लागि तयारी अवस्थामा थियो ।
‘शोले’ले पहिलो पटक रिलिज हुँदा ३५ करोड कमाएको थियो । दोस्रो नम्बरमा ‘जय सन्तोषी माँ’ थियो, जसले ६ करोड कमायो । यसको बक्सअफिस रेकर्ड १९ वर्षसम्म कसैले तोडेन । तर सन् १९९४ मा रिलिज ‘हम आपके है कौन’ले ‘शोले’ भन्दा बढी पैसा कमायो । –बीबीसी हिन्दीबाट