Nic Ad Nic Ad
Nic Ad Nic Ad

श्रीलंका संकट : महिन्दा र बासिललाई देश छाड्न प्रतिबन्ध

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ - श्रीलङ्काको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजपक्षे र पूर्व वित्त मन्त्री बासिल राजपक्षेलाई श्रीलङ्का छोड्न प्रतिबन्ध लगाएको छ । बासिल राजपक्षेले केही दिन पहिला श्रीलङ्का छोडेर जाने प्रयास गरेका थिए विमानस्थलका कर्मचारीहरूले उनलाई विमानमा सवार हुन दिएका थिएनन् ।

यसपछि श्रीलङ्काको सर्वोच्च अदालतले दुबै नेताहरूलाई शुक्रबारबाट २८ जुलाई सम्म देश छाडेर जान प्रतिबन्ध लगाइदिएको छ । यसअघि श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपक्षे देश छोडेर सिंगापुर पुगेका थिए । उनले त्यहीबाट इमेल मार्फत राजीनामा घोषणा गरेका थिए । उनी भागेसँगै प्रधानमन्त्री रनिल विक्रमसिंघेले अन्तरिम राष्ट्रपति पदको शपथ लिएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १२:१३
प्रतिक्रिया दिनुहोस्