नेपाली रुपैयाँ हालसम्मकै कमजोर, यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ ।
पछिल्लो केही समयदेखि निरन्तर कमजोर बन्दै आएको नेपाली रुपैयाँ आज इतिहासमै कमजोर बनेको छ ।
आज डलरको खरिद दर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रुपैयाँ १९ पैसा र बिक्री दर १२८ रुपैयाँ ७९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ८६ पैसा र बिक्री दर १५१ रुपैयाँ ५७ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७१ पैसा र बिक्री दर ३४ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ००:०५
प्रतिक्रिया दिनुहोस्