प्रकाशको विदेश राइट्स एक करोड ७२ लाखमा बिक्री
काठमाडौं– आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रकाश’को विदेश प्रदर्शन राइट्स एक करोड ७२ लाखमा बिक्री भएको छ । बिनिस इन्टरटेनमेन्टले भारत, अष्ट्रेलिया, न्युजल्यान्ड, युरोप, जापान, अमेरिका, क्यानडा र मिडिलइस्टमा एकसाथ फिल्म प्रदर्शन गराउने यो महंगो मूल्यमा किनेको हो ।
फिल्मका निर्माता महेन्द्र अधिकारीका अनुसार अन्य केही देशमा पनि फिल्मको प्रदर्शनका लागि कुराकानी भइरहेको छ । दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।
निर्देशक राउतले केही समयअघि सार्वजनिक फिल्मको टिजरप्रति दर्शकहरुको सकारात्मक प्रतिक्रिया आएपछि विदेशका लागि मात्र फिल्मको प्रदर्शन अधिकार बिक्री गरिएको बताए ।
फिल्ममा बाबुको सपना पुरा गर्न शिक्षक बन्न संघर्ष गरेको एक युवाको कथालाई समेटिएको छ । फिल्म जुम्लामा छायांकन गरिएको छ ।अनिल मानन्धर, पिकेश मानन्धर सह–निर्माता रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, विकास सुवेदीको पटकथा, ताराप्रकाश लिम्बु, एलिस कार्की, दीपक शर्मा र सुभाष भुषालको संगीत, जीवन थापाको सम्पादन र कलर, अनुप बरालको कास्टिङ छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०३:०१
प्रतिक्रिया दिनुहोस्