Nic Ad Nic Ad
Nic Ad Nic Ad

पेट्रोलियम पदार्थकाे मूल्य अझै बढाउनु पर्ने बाध्यता छ : मन्त्री बडू

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य अझै बढाउनु पर्ने सरकारको बाध्यता रहेको बताएका छन् ।

सानेपामा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शनिबार उनले रुस-युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएको बताए । सोही कारण नेपालमा पनि अझै पनि मूल्य बढाउनुपर्ने बाध्यता रहेको उनले स्पष्ट पारे ।

‘पेट्रोलियम आपूर्तिमा असहज स्थिति उत्पादन भएको अवगत नै छ । रुस-युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजार मूल्यवृद्धि भएको छ । त्यसैले नेपालमा पनि अझै पनि मूल्य बढाउनुपर्ने बाध्यता छ’, कांग्रेस केन्द्रीय सदस्य समेत रहेका बडूले बैठकमा भने, ‘महँगीका कारण उपभोक्तामा असर परेको छ । पेट्रोलियम पदार्थमा कर घटाएर सहज बनाउने हाम्रो प्रयास जारी छ ।’

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२३
प्रतिक्रिया दिनुहोस्