काजलका कारण आचार्यलाई करोडौं नोक्सान
मुम्बई– साउथ फिल्म अभिनेत्री काजल अग्रवाल हालका दिनमा आफ्नो मातृत्वमा रमाइरहेकी छन् । यहीबीचमा उनीसँग सम्बन्धित एक समाचारले सबैलाई आश्चर्य बनाएको छ ।
समाचारअनुसार अभिनेत्री काजलका कारण फिल्म ‘आचार्य’का निर्मातालाई करोडौं रुपैंयाँ घाटा भएको छ । चिरञ्जीवी र रामचरण स्टारर फिल्म ‘आचार्य’ फ्लप भएपछि यसको ठूलो असर निर्देशक कोरताला शिवाले व्यहोरेका छन् । निर्देशकमाथि फिल्मका वितरक तथा प्रदर्शनले घाटाको भरपाई गर्नका लागि दबाब दिइरहेका छन् । यहीकारण निर्देशक शिवा ठूलो वित्तिय संकटको सामना गरिरहेका छन् ।
फिल्ममा चिरञ्जीवी, राम चरण र पूजा हेगडेजस्ता स्टार पनि थिए । फिल्मका लागि काजललाई पनि अभिनय गराइएको थियो । जो मेगास्टार चिरञ्जीवीको अपोजिटमा देखिन लागेकी थिइन् । कागजलले गौतम किचलूसँग विवाह गरेपछि यो फिल्मको सुटिङमा जोडिएकी थिइन् ।
सुटिङमा काजल जोडिए पनि उनको भूमिका निर्माण पक्षले हटाइदियो । निर्माताले फिल्ममा काजलको भूमिकाले स्क्रिप्ट मजबुत नभएको भन्ने दाबी गरेका थिए । सोहीकारण फिल्म रामचरण र चिरञ्जीवीमै केन्द्रित गरिएको थियो ।
निर्माण पक्षले काजलको अभिनय रहेको फुटेज नै फिल्मबाट हटाइदिएको थियो । जसकारण फिल्मको सुटिङ र सम्पादन टेबलमा भएको काँटछाटले फिल्मलाई ठूलो नोक्सान भएको थियो । उनको भागको दृश्यको सुटिङ गर्न र सुटिङ दृश्य हटाउनकै लागि झण्डै ७ दशमलब ५ करोड खर्च भएको थियो ।
–बलिउडलाइफ
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:३०
प्रतिक्रिया दिनुहोस्