Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाललाई २०० रनको लक्ष्य

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - आईसीसी पुरुष विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजअन्तर्गत नामिबियाले नेपाललाई २०० रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नामिबियाले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १९९ रन जोडेको हो । 

नामिबियालाई १९९ रनमा रोक्नका लागि कप्तान सन्दिप लामिछानेले ४ विकेट लिए भने सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०७:५३
प्रतिक्रिया दिनुहोस्