नामिबियासँग नेपाल फेरि पराजित
काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ।
स्कटल्याण्डमा शनिबार राति सकिएको खेलमा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको हो । पहिलो खेलमा नेपाल नामिबियासङ्गै पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्यान्डलाई हराएको थियो ।
५० ओभरमा २०० रनको मध्यम लक्ष्य पाएको नेपाल ३७ ओभर ५ बलमा १ सय ३६ रनमै अलआउट भयो ।
दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाए भमे आसिफ शेखले ३४ र मोहम्मद आदील आलमले २०, रोहित पौडेलले १७ रन बनाए । पवन सर्राफ १० रनमा अविजित रहे । नामिबियाका बेर्नार्ड स्कोल्ट्जले ५ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ रोजेको नामिबिया ४९ ओभर २ बलमा १ सय ९९ रनमा अनआउट भएको थियो ।
नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २/२ विकेट लिदा बसिर अहमेदले १ विकेट लिएका थिए ।
यससँगै नेपाल जारी सिरिजमा नामिबियासँग लगातार दोस्रो खेलमा पराजित भएको छ । सिरिजको पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपालले सिरिजकाे अन्तिम खेलमा आइतबार स्कटल्याण्डसँग खेल्नेछ ।