साउन लागेसँगै मेहेन्दी र चुरापोते पसलमा भीड (तस्वीरहरू)
काठमाडौँ– साउन सुरु भएसँगै हातमा मेहेन्दी लगाउनेको भीड लागेको छ । मेहेन्दी लगाइदिनेको व्यापार हुन्छ । यस्तै, बजारमा हरियो र पहेँलो चुरा पोते किन्नेको भीड पनि देखिन थालेको छ। हिन्दु धर्माबलम्बीले भगवान शिवको आराधना गर्ने साउन महिनाभर विवाहित महिलाले रातो, हरियो र पहेँलो चुरा र पोते लगाउँछन् भने अविवाहितले हरियो र पहेँलो चुरा–पोते तथा मेहन्दी लगाउने गर्छन् ।पोते र मेहेन्दी लगायो भने पति दीर्घायु हुन्छन् भन्ने विश्वास छ। तर, अविवाहितहरूले भने शिव जस्तै पति पाउँ भनेर साउनमा सोमबार व्रत बस्ने गर्छन्। महिलाले मेहेन्दी जति गाढा बस्यो त्यति नै पतिको माया पाइन्छ भन्ने विश्वास पनि गर्ने गरेको पाइन्छ।काठमाडौँ न्यूरोडको विशाल बजार र इन्द्रचोक क्षेत्रमा रहेका पोते पसलमा महिलाको भीड लाग्न थालेको छ । ठाउँ ठाउँमा सडक पेटीमै पनि महिला हातमा मेहन्दी लगाइरहेका भेटिन्छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:५७
प्रतिक्रिया दिनुहोस्