स्कटल्यान्डसँग नेपाल पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन
काठमाडाैँ- विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आइतबार (आज) स्कटल्यान्डसँग खेल्दैछ ।
नेपाली समय अनुसार दिउँसाे पौने चार बजे शुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको हो। घरेलु टोलीले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।
नेपालले आज टिममा तीन खेलाडी परिवर्तन गरेको छ। करण केसी टिममा फर्किएका छन् भने बासिर अहमदको स्थानमा किशोर महतो र आदिल अन्सारीको स्थानमा विनोद भण्डारीले खेल्ने भएका छन्। किशोरको यो एकदिवसीयमा डेब्यू खेल हुनेछ ।
नेपालले सिरिजमा खेलेका तीन मध्ये दुई खेल हारेको छ । नामिबियासँगका दुबै खेल हारेको नेपालले स्कटल्यान्डलाई भने हराएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०७:२७
प्रतिक्रिया दिनुहोस्