Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालले स्कटल्याण्डलाई दियो १२९ रनको लक्ष्य

बिहीबार, मंसिर ८, २०७९
काठमाण्डौ – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली स्कटल्यान्डलाई नेपालले १२९ रनको लक्ष्य दिएको छ । स्कटल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ३५ ओभर ५ बलमा १२८ रन बनाउँदा अलआउट भयो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए । यस्तै कप्तान सन्दीप लामिछानेले २२, विनोद भण्डारीले १३, देव खनाल र रोहित पौडेलले १०१०, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसीले सातरसात तथा कुशल भुर्तेलले तीन रन बनाए । आरिफ शेखले खाता पनि खोल्न सकेनन् । स्कटल्यान्डका हम्जा ताहिरले चार, मार्क वाटले तीन, गाभिन मेइनले दुई र क्रिस्टोफर म्याकब्राइटले एक विकेट लिए । यसअघिको खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले हराएको थियो । तर नेपाल नामिबियासँग पहिलो खेलमा ४० रन र दोस्रो खेलमा ६३ रनले पराजित भएको थियो । नेपालसँग पराजित स्कटल्यान्डले भने नामिबियालाई दुवै खेलमा हराएको छ । नेपाल लिग–२ को अङ्क तालिकामा छैटौँ स्थानमा छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०७:२७
प्रतिक्रिया दिनुहोस्