Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा आज नयाँ राष्ट्रपति चयनका लागि चुनाव हुँदै

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– भारतमा नयाँ राष्ट्रपति चयनका लागि आज चुनाव हुँदैछ । हालका राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाईमा समाप्त हुन लागेकाले नयाँ राष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो ।

यदि मुर्मू राष्ट्रपतिमा निर्वाचित भए भारतको पहिलो आदिवासी राष्ट्रपति बन्नेछिन् । साथै भारतको दोस्रो महिला राष्ट्रपति बन्नेछिन् ।

राष्ट्रपति पदका लागि सत्तारुढ भाजपाको तर्फबाट द्रौपदी मुर्मू र विपक्षीको तर्फबाट यशवन्त सिन्हा उम्मेदवार छन्।

राष्ट्रपति चुनावमा सत्तारुढ दलकी उम्मेदवार द्रौपदी मुर्मूको पल्ला भारी देखिएको र उनले दुई तिहाई बहुमत ल्याउन सक्ने भारतीय सञ्चारमाध्यमहरुको विश्लेषण छ । उनलाई विपक्षी केही दलले समेत समर्थन गर्ने घोषणा गरेकाले जित्ने सम्भावना बलियो देखिएको छ ।

आज बिहान १० बजदेखि साँझ ५ बजेसम्म संसद भवन र राज्य विधानसभामा मतदान हुने छ ।

भारतको १५ औँ राष्ट्रपति चुनावको अन्तिम मत परिणाम आगामी बिहीबार (२१ जुलाई) घोषणा गरिने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । २५ जुलाईमा नयाँ राष्ट्रपतिको शपथ ग्रहण हुने छ ।

राष्ट्रपति चुनावपछि आगामी ६ अगस्टमा उपराष्ट्रपति चयनका लागि मतदान हुनेछ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:५०
प्रतिक्रिया दिनुहोस्