एन्फा अध्यक्ष नेम्वाङ अस्पताल भर्ना हुँदा कार्यसमिति बैठक स्थगित
काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज नेम्वाङ अस्पताल भर्ना भएका छन् ।‘ब्लड प्रेसर’का कारण नेम्वाङ मेडिसिटी अस्पतालमा भर्ना भएका छन् ।
अध्यक्ष नेम्वाङ अस्पताल भर्ना हुँदा एन्फा कार्यसमिति बैठक पनि स्थागित भएको छ । एन्फा कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा आज दिउँसो तीन बजे बस्ने तय थियो ।
अर्को सूचना नआउन्जेल एन्फा कार्यसमिति बैठक स्थगित भएको एन्फाका महासचिव किरण राईले जनाकारी दिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०७:२६
प्रतिक्रिया दिनुहोस्