Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतको मध्य प्रदेशमा बस नदीमा खस्दा १३ जनाको मृत्यु

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– भारतको मध्य प्रदेशस्थित धार जिल्लामा यात्रुबहाक बस नर्मदा नदीमा खस्दा १३ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान सवा १० बजे भएको उक्त दुर्घटनामा अन्य १५ जनाको उद्धार गरिएको प्रहरी अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उद्धार गरिएकामध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । बसमा ५५ यात्रु सवार रहेका जानकारी दिइएको छ ।

इन्दौरबाट पुणेतर्फ गइरहेको बस दुर्घटनामा परेको जनाइएको छ । खलघाट संजय सेतु पुलमा पुगेको बसले नियन्त्रण गुमाउँदा नदीमा खसेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:५०
प्रतिक्रिया दिनुहोस्