चलचित्र विकास बोर्डको अध्यक्षका १० उम्मेदवारको नाम सार्वजनिक
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षका १० उम्मेदवारको औपचारिक सूची सोमबार सार्वजनिक गरेको छ । सूचीमा नायक भुवन केसीदेखि नायिका सुष्मा कार्कीसम्म छन् ।
उम्मेदवारको दरखास्त स्वीकृत भएको जानकारी दिंदै मन्त्रालयले छानिएका उम्मेदवारको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति, समय र स्थान भने पछि तोक्ने जनाएको छ ।
मन्त्रालयका अनुसार उम्मेदवारहरूमा सुनसरीका अरुणकुमार प्रधान, ललितपुरका नरेशकुमार पौड्याल, काठमाडौँका दीपक श्रेष्ठ, निर्मलराज ढकाल, भुवन केसी, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशीलकुमार पोखरेल र सुष्मा कार्की रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १८:३३
प्रतिक्रिया दिनुहोस्