Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानको पन्जावमा इमरान खानको पार्टीको शानदार जित

बिहीबार, मंसिर ८, २०७९
इस्लामावाद - पाकिस्तानको पन्जाव राज्यमा भएको उपचुनावमा पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीले शानदार जित निकालेको छ । पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) लाई पराजित गर्दै खानको पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) ले शानदार जित निकालेको हो । पीटीआईले २० मध्ये १५ सिट जितेको छ । पन्जाव पाकिस्तानको महत्वपूणर् राज्य हो । यस चुनावी परिणामलाई सन् २०२३ को अक्टोबरमा हुने आमनिर्वाचनमा इमरान खानको स्थितिको सम्भावित नमुनाको रूपमा पनि लिन सकिने बीबीसीले उल्लेख गरेको छ । झण्डै चार वर्ष पाकिस्तानको प्रधानमन्त्री बनेका खान गत अप्रिलमा अविश्वास प्रस्तावबाट हटेका थिए । पन्जावको चुनावी परिणाम पीएमएल-एनको नेतृत्व गर्ने वर्तमान प्रधानमन्त्री शहवाज सरिफका लागि ठुलो धक्का हो । पहिल्यै कमजोर रहेको उनको गठबन्धन सरकारको भाग्य अहिले एउटा धागोमा झुण्डिएको छ । मुद्रा अवमूल्यन र इन्धनका अभाव जस्ता समस्या भोगिरहेका पाकिस्तानमा अब हुने राजनीतिक अस्थिरता नियन्त्रण भन्दा बाहिर जान सक्ने बीबीसीको रिपोर्टमा उल्लेख छ । पाकिस्तानकै सबैभन्दा बढी जनसंख्या भएको पन्जाव लामो समयदेखि प्रधानमन्त्री सरिफको पीएमएल-एन र तीन पटक प्रधानमन्त्री भइसकेका उनका दाजु नवाज सफीको नियन्त्रणमा रहँदै आएको थियो । बीबीसीबाट
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:४९
प्रतिक्रिया दिनुहोस्