Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज इन्जिनियर दिवस : प्रधानमन्त्रीको उपस्थितिमा विशेष समारोहको आयोजना

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– आज ६० औँ इन्जिनियर दिवस मनाइँदै छ । नेपाल इन्जिनियर्स एसोसिएसनले हरेक वर्ष साउन ३ गतेलाई ‘इन्जिनियर दिवस’को रूपमा मनाउँदै आएको हो । दिवसको अवसरमा एसोसिएसनले प्रज्ञा भवन कमलादी आयोजना गर्ने विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने छन् । उक्त समारोहमा राष्ट्रका लागि उत्कृष्ट योगदान पुर्‍याउने इन्जिनियर र संस्थाहरुलाई सम्मान समेत गरिनेछ । एसोसिएसनका केन्द्रीय सदस्य अनुपम पराजुलीका अनुसार कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, इन्टरप्रेनरसिप अवार्ड, शहीद नवराज विष्ट मेमोरियल अवार्ड, युथ प्रोफेसनल अवार्ड, महिला इन्जिनियर अवार्ड, इन्जिनियरर्स एपि्रसियसन अवार्ड र बेस्ट इन्नोभेसन अवार्ड वितरण गरिने छ । दिउँसो २ बजेपछि भने फोहोरको दीर्घकालीन व्यवस्थापन र स्थानीय सरकारमा सूचना प्रविधिको प्रयोग सम्बन्धी विषयमा छलफल हुने छ । साँझ ५ बजेपछि सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । दिवसको मूल समारोहको पूर्वसन्ध्यामा एसोसिएसनले रक्तदान, वृक्षरोपण, सरसफाइ, खेलकुद लगायतका कार्यक्रम पनि आयोजना गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:०८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार