Nic Ad Nic Ad
Nic Ad Nic Ad

महालेखा नियन्त्रकको कार्यालयद्वारा दुई वित्तीय व्यवस्थापन प्रणाली सञ्चालनमा

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– संघीय तहमा महालेखा नियन्त्रकको कार्यालय तथा प्रदेशमा प्रदेश लेखा नियन्त्रकको कार्यालयले सञ्चालन गर्ने गरी वित्तीय व्यवस्थापन प्रणाली (एफएम आइएस) सञ्चालनमा ल्याएको हो । नेपाल सरकार र प्रदेश सरकारका मन्त्रालयहरू, केन्द्रीय निकायहरू विभाग र निर्देशनालयहरुले प्रयोग गर्ने गरी मन्त्रालयगत सूचना प्रणाली (एमएफएम आइएस) तयार गरी साउन दुई गतेदेखि सञ्चालनमा ल्याएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । दुवै प्रणालीको शुभारम्भ गर्दै महालेखा नियन्त्रक सुमनराज अर्यालले तिनै तहका सरकारहरूका प्रतिवेदन तयार पार्न र लेखा प्रणालीलाई थप व्यवस्थित बनाउन सूचना प्रणालीले मद्दत गर्ने बताए । ३ वटै तहका सरकारको समग्र राजस्व, लेखा र समग्र वित्तीय अवस्थाको रिपोर्टिङ गर्ने ती दूबै प्रणाली महालेखा नियन्त्रकको कार्यालयले २७ लाख रुपैयाँको लागतमा निर्माण गरेको हो । ती प्रणाली सञ्चालनमा आएपछि सम्वद्ध निकायहरूले एक क्लिक गर्नासाथ सबै रिर्पोट प्राप्त गर्न सक्छन् । नयाँ प्रणालीहरूले सरकारका विभिन्न निकायहरूका रिर्पोटलाई विश्वसनीय र अझ भरपर्दो बनाउन सहयोग गर्ने उपमहालेखा नियन्त्रक भेषप्रसाद भुर्तेलले बताए । सो वित्तीय व्यवस्थापन प्रणालीको प्रयोगबाट सङ्घ तथा प्रदेश अन्तर्गतका विभिन्न ५ हजार २ सय कार्यालयहरूलाई अत्याधुनिक लेखा प्रणालीमा जोडेर वित्तीय पारदर्शिता कायम गर्न समेत मद्दत गर्ने महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:०३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार