Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बुधवारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरमा आजको लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १ सय २७ रुपैय ६१ पैसा र बिक्री दर १२८ रुपैयाँ २१ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३० रुपैयाँ ८६ पैसा र बिक्री दर १३१ रुपैयाँ ४७ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ ३९ पैसा र बिक्री दर १५४ रुपैयाँ ११ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ७३ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ३५ रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ १ पैसा र बिक्री दर ८८ रुपैयाँ ४२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ छ ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ २७ पैसा र बिक्री दर ९ रुपैयाँ ३२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९३ पैसा र बिक्री दर १९ रुपैयाँ २ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ९८ पैसा र बिक्री दर ३४ रुपैयाँ १४ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ८८ पैसा र बिक्री दर ३५ रुपैयाँ ४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८१ पैसा रहेको छ । त्यस्तै कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७५ पैसा र बिक्री दर ९ रुपैयाँ ७९ पैसा कायम भएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:०४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार