दुई सयले बढ्यो सुनको मूल्य
काठमाडौँ– नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा दुई सयले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार पुगेको छ भने तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले बढेको हो ।
बुधबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११६५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २२:३३
प्रतिक्रिया दिनुहोस्