शिवको लेख्छ कसले मर्ने मिति
काठमाडौं—गायक शिव परियारको स्वरमा रहेको ‘लेख्छ कसले मर्ने मिति’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गीतकार तथा मोडल प्रिन्स लियोको शब्द रहेको गीतमा नेहर बुढाथोकीको संगीत रहेको छ ।
पछिल्लो समय नेपाली समाजमा देखिएको सामाजिक विकृतिले विछोडिएको परिवारको दर्दनाक कथालाई मोडलद्वय प्रिन्स लियो र विना राउतले अभिनयबाट देखाएका छन् ।
परिवार पाल्नका लागि विदेश गएका एउटा युवा पत्नीले गलत कदम चालेकै भरमा जागिर छाडेर स्वदेश फर्किएर छोराछोरीको हेरचारमा बस्न बाध्य बनेको कथालाई भिडियोमा देखाइएको छ । भिडियोमा बाल कलाकार आयुषा ढकाल र प्रशान्त डिसीको अभिनय रहेको छ ।
विशाल निरौलाको एरेन्ज रहेको गीतको भिडियोको सम्पादन र कलरिङ मिलन विश्वकर्माले गरेका छन् । भिडियोको छायांकन प्रकाश खड्काको टिमले गरेको हो । विक्रम चौहानको निर्देशन रहेको भिडियोका निर्माता प्रिन्स नै हुन् ।
https://www.youtube.com/watch?v=MfZQ2tbRqXA
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:४०
प्रतिक्रिया दिनुहोस्