Nic Ad Nic Ad
Nic Ad Nic Ad

देवदासको सुटिङले विवाह गर्नेलाई तनाव !

बिहीबार, मंसिर ८, २०७९
मुम्बई– अभिनेता शाहरुख खान र अभिनेत्रीद्वय माधुरी दीक्षित र ऐश्वर्या राय बच्चनको फिल्म ‘देवदास’ सन् २००२ मा रिलिज भएको थियो । सञ्जय लीला भन्सालीको यो फिल्म आज पनि दर्शकमाझ उत्तिकै प्रिय छ । यो फिल्मसँग जोडिएको एक रोचक किस्सा छ । बलिउडमा निर्देशक सञ्जय आफ्नो फिल्ममा ग्राण्डसेट लगाउन प्रख्यात छन् । उनले ‘देवदास’को सेट पनि सुन्दर र शाही शैलीको बनाएका थिए । यसका लागि उनले पानी सरह पैसा पनि बगाए । सेटदेखि लिएर कष्ट्युमसम्म, फिल्मका हरेक भागलाई सुन्दर बनाउनका लागि उनले कुनै कसर छोडेनन् । यो फिल्ममा करिब २५ सय लाइट र ७ सय लाइटसमेन बोलाइएका थिए । सामान्यतया एक फिल्मका लागि २ या ३ जेनेरेटर प्रयोग गरिन्छ । तर ‘देवदास’का लागि ४२ जेनरेटर प्रयोग गरिएको थियो । फिल्ममा अधिक लाइट, लाइट्समेन र जेनरेटर प्रयोग गरिएपछि मुम्बईमा विवाह गर्ने तयारीमा रहेका मानिसहरु तनावमा देखिन्थे । किनकी सबै जेनरेटर ‘देवदास’को सेटमा लगिएको थियो । यो फिल्मले सन् २००२ मा पाँच नेसनल र १० फिल्मफेयर अवार्ड जितेको थियो । भारतमा यो फिल्म ३ सय २५ स्क्रिनमा रिलिज भएको थियो । यो फिल्मको लागत ५० करोडको थियो । –एबीपीलाइभ
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०८:०७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार