कोषले सगरमाथा जलविद्युतको शेयर प्रत्याभूति गर्ने
काठमाडौं - नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युत्को तर्फबाट डा भूषण गुरागाईंले हस्ताक्षर गरेका हुन् ।
सगरमाथा जलविद्युतको ५४ लाख ८८ हजार कित्ता साधारण शेयरमा रु १०० अङ्कित दरले हुन आउने रु ५४ करोड ८८ लाख बराबरको शेयर कोषले प्रत्याभूति गर्नेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २०:३६
प्रतिक्रिया दिनुहोस्