Nic Ad Nic Ad
Nic Ad Nic Ad

करीनालेझैं आलियाले पनि तोड्लिन् कपूर खानदानको संस्कार ?

बिहीबार, मंसिर ८, २०७९
मुम्बई– हिन्दी चलचित्र जगतमा निकै संघर्षपछि केही अभिनेत्रीले सफलता हासिल गर्ने मौका पाएका छन् । अर्कोतर्फ यस्ता केही अभिनेत्री पनि छन्, जसले अधिक पैसा, प्रेम र लोकप्रियता पाए पनि विवाह र सन्तानका कारण आफ्नो शानदार करियर छोडेर फिल्मबाट टाढिनुपर्यो । ७० को दशकदेखि वहीद रहमान, मुमताज, नूतन, नीतू कपूर, सायरा बानोजस्ता कैयौं अभिनेत्रीले वैवाहिक जीवनमा बाँधिएपछि आफ्नो सपना र इच्छाहरुलाई बाकसमा बन्द गरेर घरको जिम्मेवारी सम्हाल्नुपर्यो । बलिउडमा कपूर परिवारको परम्परा नै रहेको छ कि विवाह पछि कपुर खानदानका बुहारी ‘हिरोइन’हरुले फिल्मबाट ‘अलविदा’ नै भन्नु परेको छ । चाहे बबीता हुन् या नीतू कपूर नै किन नहुन् । यद्यपि यो ट्रेन्ड तोड्ने मामलामा अहिले करीना कपूर एक्लै सफल छिन् । उनले विवाह पछि कैयौं ठूला फिल्ममा काम गरिन् । आज उनका दुई सन्तान छन्, तर पनि उनी आफुले खेलेका करिब–करिब सबै फिल्ममा प्रमुख भूमिकामा नै अभिनय गरिरहेकी छन् । करीनाको जस्तै उनका भतिजा रणवीर कपूर पनि नयाँ सोचका साथ एक नयाँ ट्रेण्ड सेट गर्ने तयारीमा छन् । यो मामलामा अहिले उनी परिवर्तनको कुरा गरिरहेका छन् । ‘विवाह पछि परिवार र सन्तानलाई सम्हाल्ने जिम्मेवारी केवल महिलाको काँधमा मात्र किन हुन्छ’, उनले बीबीसी हिन्दीसँग भनेका छन्,‘पुरुषले पनि यो जिम्मेवारीको महसुस गर्न जरुरी छ र म यसका लागि तयार छु ।’ उनकाअनुसार विवाह र सन्तान पछि पुरुषहरु लगातार अभिनयमै व्यस्त हुन्छन् । उनीहरुको जिन्दगी रोकिँदैन, तर यसको घाटा केवल अभिनेत्रीहरुलाई मात्र हुन्छ । ‘म धेरै भाग्यमानी छु कि आलिया भट् मेरी श्रीमती हुन् । हामी दुवैजना एकअर्कालाई सम्मान गर्छौँ । एकअर्कालाई निकै प्रेम गर्छौँ । आउने दिनमा हाम्रो भविष्य निकै सुन्दर छ । मलाई थाहा छ कि आलिया निकै मेहनती छिन्, जसले कम उमेरमै यति ठूलो सफलता हासिल गरेकी छन्’, उनले भनेका छन्, ‘मलाई यो पनि थाहा छ कि कैयौँ मानिस आलिया आफ्नो भरियरको उचाईंमा पुगिरहँदा आमा बनेको कुरा सुनाउँछन् । यद्यपि आलियाको दिमागमा उनी लोकप्रिय छिन् भन्ने कहिल्यै आएन । झन् अहिले आउने त कुरै छैन ।’ रणवीरका अनुसार सन्तान जन्मनु प्राकृतिक कुरा हो । उनले आलियाले अहिले गरे जस्तो मेहनत भविष्यमा पनि गर्ने भएकाले त्यसमा कुनै रोकावट नहुने बताए । उनले कहिले आलिया र कहिले आफूले सन्तानको हेरविचार गर्ने खुलाए । उनले सन्तानको रेखदेखका लागि आफू तयार भएको दाबी गरेका छन् । ‘जुन त्याग मेरी आमाले दिनुभयो, अब मेरी श्रीमति आलिया त्यो त्याग दिन्नन्, किनकी आजका दर्शक कुरा बुझ्ने खालका छन्’, उनले भनेका छन् । अभिनेत्रीहरु अब मात्र अर्धांगिनी बन्न सक्दैनन् फिल्म समीक्षक र पत्रकार रामचन्द्रन श्रीनिवासन अहिले समय फेरिएको कुरालाई स्वीकार्छन् । ‘यदि तपाईं पहिलाका अभिनेत्रीहरु हेर्नुहुन्छ भने वास्तविक जीवनमा पनि उनीहरुको फिल्मी करियर विवाहवाला दृश्य जस्तै विवाहपछि सकिन्थ्यो । त्यो एक ट्रेन्ड नै बनेको थियो । तर आजको समयमा धेरै परिवर्तन आइसकेको छ’, उनले भनेका छन् । उनका अनुसार सामाजिक सञ्जाल हेर्ने हो भने अधिकांश अभिनेत्री आफ्ना पार्टनरसँग मिलेर आमाबाबु बन्न लागेको सार्वजनिक गरिरहेका छन् । तर, अभिनेत्रीले मात्र तस्वीर राखेर ‘म आमा बन्दैछु’ भनेर लेख्दैनन् । जुन अवस्था पहिला थिएन । कपूर खानदानमा बुहारीले काम गर्ने नयाँ ट्रेन्ड समिक्षक रामचन्द्रका अनुसार एकपटक सायरा बानोले उनीसँग अभिनेत्रीहरुको बाध्यताका बारेमा बताएकी थिइन् । ‘सायरा बनो विवाह पछि पनि सुटिङमा व्यस्त हुन्थिइन् । एकपटक उनले पति दिलीपकुमारलाई एयरपोर्टमा भेटिन्, जबकी उनीहरुको भेट घरमा हुँदैन थियो । त्यहीबेला उनले अभिनय छोडेर घरमा बस्ने निर्णय लिइन् । उनलाई दिलीपकुमारले कहिल्यै पनि कुनै काम गर्न रोकेनन्’, रामचन्द्रले भनेका छन् । रामचन्द्र सायरा जस्तै कपूर खानदानका सबै बुहारीले चलचित्रको काम गर्न बन्द गरेको बताउँछन् । धेरै समय पछि नीतू कपूर पुनः काममा फर्किइन् । सोही खानदानकी बुहारी (आलिया) कामलाई निरन्तरता दिइरहेकी छन् । उनको बुझाईमा आलियाको निर्णय परिवार र बाँकी सदस्यका लागि परिवर्तनको एउटा सन्देश हो । करीनाले पनि विवाह पछि काम गरेकी थिइन्, जुन बेला उनी पति सैफ अली खानका साथ पटौदी खानमा बस्थिइन् । जहाँ शर्मिला टेगोरले पनि विवाह पछि केही समय काम गरेकी थिइन् । हिरोइनहरुलाई कमव्याक गर्न निकै समस्या कैयौं वर्षसम्म चलचित्र उद्योगमा विवाहपछि उनीहरुका श्रीमती या बुहारी कुनै अन्य कलाकारसँग फिल्ममा काम नगरुन् भनेर पनि सोच आएको थियो । ‘पहिला धेरै व्यक्ति आफ्ना श्रीमतीले अभिनय गरुन् भनेर मन पराउँदैन थिए । पहिलाका मानिस यो पेशालाई राम्रो मान्दैन थिए । त्यो समयमा चलचित्र उद्योग अहिलेको जस्तो व्यावसायिक पनि थिएन । तर अब समयसँगै पेशा र मानिसको सोचमा पनि परिवर्तन आएको छ’, रामचन्द्र भन्छन् । उनका अनुसार पहिलाको समयमा नीना गुप्ता, मुमताज, सोनाली बेन्द्रे, करिश्मा कपूरजस्ता कैयौं अभिनेत्रीलाई कमव्याक गर्न निकै झण्झट भयो । तर अहिले त्यो अवस्था छैन । उनको भनाईमा ओटीटी प्लेटफर्म ती महिलाका लागि सहयोगी साबित भएको छ, जहाँ ९० का दशकका कैयौं अभिनेत्री मुख्य भूमिकामा कमव्याक गरिरहेका छन् । ओटीटीमा माधुरी दीक्षित, सोनाली बेन्द्रे, करिश्मा कपूर, पूजा भट्ट, रवीना टण्डन र शिल्पा शेट्टीजस्ता अभिनेत्रीले कमव्याक गरेका छन् । –बीबीसी
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०७:०६
प्रतिक्रिया दिनुहोस्