Nic Ad Nic Ad
Nic Ad Nic Ad

युरोपमा प्रचण्ड गर्मी, कारण के हो ?

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– पश्चिमी युरोप हिजाेआज चर्को गर्मीको सामना गरिरहेको छ। पश्चिमी युरोपमा मंगलबारसम्म निरन्तर  तापक्रम बढ्दै गएको छ भने तातो हावा उत्तरतर्फ सरेको छ ।

सोमबार फ्रान्स र बेलायतमा अत्यधिक गर्मीको चेतावनी जारी गरिएको थियो। अर्कोतर्फ, स्पेनमा सोमबार ४३ डिग्री तापक्रम थियो।

फ्रान्स, पोर्चुगल, स्पेन र ग्रीसको जंगलमा लागेको आगलागीका कारण हजारौं मानिस घरबार छोडेर सुरक्षित स्थानमा जान बाध्य भएका छन् ।

विज्ञहरू भन्छन् कि बेलायतले चाँडै नै सबैभन्दा तातो दिनको सामना गर्नेछ र फ्रान्सका केही भागहरू प्रचण्ड गर्मीको सामना गरिरहेको छ ।

फ्रान्सको मौसम विभागका अधिकारीका अनुसार देशका धेरै सहरमा अहिलेसम्मकै सबैभन्दा तातो दिन आएको छ । पश्चिमी सहर नॉटमा ४२ डिग्रीसम्म तापक्रम रेकर्ड गरिएको छ ।

हालैका दिनहरूमा युरोपका धेरै देशहरूमा जंगलमा लागेको डढेलोका कारण ३० हजारभन्दा बढी मानिसले आफ्नो घर छाड्नुपरेको छ । चिडियाखानामा आगलागीको खतरा पनि थियो, जसका कारण त्यहाँबाट एक हजारभन्दा बढी जनावरहरूलाई बाहिर निकालिएको छ।

फ्रान्सको दक्षिण–पश्चिममा रहेको लोकप्रिय पर्यटकीय क्षेत्र गेरान्डमा यसले ठूलो प्रभाव पारेको छ। गत मंगलबारदेखि यहाँ आगलागीका कारण १७ हजार हेक्टर जमिन जलेर नष्ट भएको छ । अझै आगो निभाउने प्रयास भइरहेको छ ।

स्पेनको उत्तरपश्चिमी जामोरा क्षेत्रमा भएको आगलागीमा परी दुई जनाको मृत्यु भएको छ भने रेल ट्र्याक नजिकै आगलागी हुँदा यस मार्गबाट ​​आवत–जावत गर्ने रेलको आवतजावत ठप्प भएको छ । पूर्वी पोर्चुगलमा आगलागीबाट बच्न प्रयासरत एक वृद्ध दम्पतीको मृत्यु भएको छ ।

जेरोन्ड प्रान्तका अध्यक्ष खुआन–लुक ग्लीजले यो आगो भयंकर भएको बताएका छन् ।

उसले भने यो आगोका मुश्लो अक्टोपस जस्तो देखिने छ भने चारैतिरबाट हिँडिरहेको छ । बढ्दो तापक्रम, हावा र हावामा पानीको मात्रा कमी हुँदा आगो नियन्त्रण भन्दा बाहिर जाने सम्भावना धेरै नै छ ।

बीबीसी संवाददाता लुसी विलियमसनले जेरान्डसँग सम्बन्धित आफ्नो रिपोर्टमा सोमबार जहाँ तापक्रम ४० डिग्री थियो, मंगलबार केही कम हुने सम्भावना रहेको बताएकी छिन् । तर, जबसम्म मौसम सुख्खा रहन्छ र हावाले दिशा परिवर्तन गरिरहन्छ, त्यतिबेला तत्काल राहत मिल्दैन ।

सोमबार बेलायतमा सबैभन्दा तातो दिन थियो। सोमबार पूर्वी इङ्गल्याण्डको सफोकमा ३८.१ डिग्री तापक्रम रेकर्ड गरिएको थियो।

मंगलबार तापक्रम अझै बढ्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य, उत्तरी र दक्षिण–पूर्वी इङ्गल्याण्डका लागि गर्मीको लहरको चेतावनी जारी गरिएको छ।

गर्मीबाट राहतका लागि खोला वा तालको सहारा लिएका कम्तीमा चार जनाको यहाँ डुबेर मृत्यु भएको छ । गर्मीका कारण रेलहरू रद्द गरिएका छन् र लन्डनको लाफ्टन एयरपोर्टमा उडानहरू स्थगित गरिएको छ।

सोमबार नेदरल्याण्डमा एक वर्षमा अहिलेसम्मकै सबैभन्दा तातो दिन थियो। दक्षिणपश्चिमी सहर वेस्टडोर्पमा ३३.६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ।

मंगलबार थप तापक्रम बढ्ने अनुमान गरिएको छ, जुन नेदरल्याण्ड्सको दक्षिणी र मध्य भागहरूमा ३९ डिग्रीसम्म बढ्न सक्छ।

तातो हावा उत्तरतर्फ सरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बेल्जियम र जर्मनीमा आगामी दिनमा तापक्रम ४० डिग्रीसम्म पुग्न सक्छ ।

स्पेन र पोर्चुगलमा मृत्यु  स्पेन र पोर्चुगलमा पछिल्ला दिनहरूमा कडा गर्मीका कारण एक हजारभन्दा बढीको मृत्यु भएको छ ।

पोर्चुगलको तापक्रम गत बिहीबार ४७ डिग्री पुगेको थियो, जुन जुलाई महिनाको रेकर्ड थियो। जल तथा मौसम विज्ञान विभाग आईपीएमएले देशका अधिकांश स्थानमा आगलागीको जोखिम रहेको चेतावनी दिएको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार उत्तरी मुह्सा नगरपालिकामा आगलागीको खतरा देखिएपछि ३ सय जनालाई घरबाट विस्थापित गरिएको छ । वनमा लागेको डढेलोबाट ६६ जनाको ज्यान गएको सन् २०१७ जस्तो अवस्थाबाट बच्न प्रशासन चाहन्छ ।

आगलागी स्पेनका कम्तिमा २० स्थानमा आगलागी नियन्त्रण बाहिर छ। पोर्चुगलसँगको उत्तरी सिमानामा आगलागीका कारण रेल रोकिएको छ । यसमा बसेका एक व्यक्तिले आगलागीको तीव्रताको भिडियो पनि बनाएका छन्, जसमा रेलको डिब्बाको दुबै तर्फबाट कसरी आगो देखिन्छ भन्ने देखाइएको छ ।

जलवायु परिवर्तनका कारण पहिलेको तुलनामा तातो हावा चलिरहेको, लामो समयसम्म रहन थालेको र पहिले नै तातो हुन थालेको विज्ञहरू बताउँछन् ।

औद्योगीकरणको युग सुरु भएदेखि नै विश्वको तापक्रम १.१ डिग्रीले बढेको छ । यदि विश्वभरका सरकारहरूले उत्सर्जन घटाउँदैनन् भने तापक्रम बढ्दै जानेछ।

उही समयमा, विश्व मौसम संगठनले देशहरूलाई चेतावनी दिएको छ कि बढ्दो तापक्रम पहिले नै बिरामी र वृद्धहरूका लागि जोखिमपूर्ण हुन सक्छ।

जंगलमा आगो जलवायु परिवर्तनका कारण भविष्यमा अत्याधिक गर्मीका घटना बढ्ने स्थानीइ अधिकारीको भनाइ छ । त्यसैगरी, यस्तो मौसमको असर युरोपमा खेतीमा पर्ने र बाली नष्ट हुने अनुमान गरिएको छ ।

रूसयुक्रेन संकटले पहिले नै विश्वव्यापी खाद्य आपूर्तिलाई असर गरिरहेको छ र अफ्रिकाका केही भागहरूमा खडेरीले खाद्य संकट निम्त्याउन सक्छ, जलवायु परिवर्तनले संकटलाई अझ गहिरो बनाउन सक्छ।

(बीबीसी हिन्दीमा मालू करसिनोले लेखेको लेखलाई एकराज बास्तोलाले भावानुवाद गरेका हुन् । )

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:२९
प्रतिक्रिया दिनुहोस्