कति छ आज विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ - नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १२७ रुपैयाँ ६९ पैसा र बिक्री दर १२८ रुपैयाँ २९ पैसा रहेको छ । युरो एकको खरिद दर १३० रुपैयाँ १४ पैसा र बिक्री दर १३० रुपैयाँ ७५ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ र बिक्री दर १५३ रुपैयाँ ७२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ०७ पैसा र बिक्री दर ३५ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:०२
प्रतिक्रिया दिनुहोस्