पहिलो टेस्टमा श्रीलंकालाई पाकिस्तानले हरायो
काठमाडौँ - श्रीलंकाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा पाकिस्तान चार विकेटले विजयी भएको छ । श्रीलंकाले दिएको ३४२ रनको लक्ष्य पाकिस्तानले ६ विकेट गुमाएर ३४४ रज बनाउँदै पूरा गर्यो ।
पाकिस्तानलाई जित दिलाउने क्रममा अब्दुल्लाह शफिकले अविजित १६० रनको शतकीय पाली खेले । त्यस्तै कप्तान बाबर आजमले ५५ रन बनाए । श्रीलंकाका प्रबाथ जयसूर्याले चार विकेट लिए पनि त्यो जितका लागि पर्याप्त भएन । दोस्रो टेस्ट जुलाई २४ बाट शुरु हुनेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०७:०३
प्रतिक्रिया दिनुहोस्