Nic Ad Nic Ad
Nic Ad Nic Ad

युएईमा खुल्यो १ बिलियन एइडीमा १० लाख पुस्तक भएको भव्य लाइब्रेरी

बिहीबार, मंसिर ८, २०७९
शताब्दीयौंदेखि मानिस किताबमा विश्वास गर्दै आएको छ । जीवनमा कुनै अशान्त मोड आए, आफैलाई बुझ्न मन भए र नयाँ कुरा जान्न चाहे मानिस किताब पढ्न चाहन्छ । यदि तपाई युएईको बारेमा जान्न इच्छुक हुनुहुन्छ भने यो खबर रुचीकर हुन सक्छ । युएई पुस्तक प्रेमीका लागि एक विशेष भोज सरह हुनेछ । हालैमा युएईका उपराष्ट्रपति, प्रधानमन्त्री र शासक हिज हाइनेस शेख मोहम्मद बिन राशिद अल मकतूमले एइडी १ बिलियन (करिब साढे ३ अर्ब नेपाली रुपैँया) को मोहम्मद बिन राशिद लाइब्रेरीको उद्घाटन गरेका छन् । यो सम्भवत विश्वको सबैभन्दा महंगो लाइबेरी बनेको छ । यस लाइब्रेरीको उद्देश्य व्यक्तिगत र सामाजिकस्तरमा रचनात्मकता, ज्ञान र कलाको विकास समर्थन गर्नु रहेको छ । साथै मुल उदेश्य चाँहि पढ्ने संस्कृतिको विकसित गर्नु रहेको छ । यस लाइबे्ररीमा १० लाख भन्दा बढि प्रिन्ट र डिजिटल पुस्तक उपलब्ध छ । यस लाइब्रेरीको कुल आकार ५४ हजार वर्ग मीटर रहेको छ । शेख मोहम्मद बिन राशिद पुस्तकालय सात तलामा बनेको छ । यस पुस्तकालयमा जनरल पुस्तकालय, अमीरात पुस्तकालय, युवा वयस्क पुस्तकालय, बालबालिका पुस्तकालय, मिडिया र कला पुस्तकालय, व्यापार पुस्तकालय, विशेष संग्रह पुस्तकालय, मानचित्र र एटलस पुस्तकालय साथै आवधिक पुस्तकालय समेत नौ विभाग छन् । पुस्तकालय गत जुन १६ बाट खुल्ला भएको छ । जी न्यूज इण्डिया डटकम
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्