Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रभु बैंकका ग्राहकलाई स्टार हस्पिटलमा आकर्षक छुट

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– प्रभु बैंक लिमिटेड र स्टार हस्पिटल लि.का बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला र स्टार हस्पिटल प्रा.लि.का तर्फबाट कार्यकारी अध्यक्ष किशोर कुमार महर्जनद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र उक्त हस्पिटल लि. बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरेका सम्पूर्ण ग्राहक महानुभावहरुले स्टार हस्पिटल लि.द्धारा सञ्चालित सेवा मध्य बेड चार्ज तथा अनुसन्धान सेवामा १० प्रतिशत छुट प्राप्त हुने व्यवस्था गरिएको छ । उक्त सम्झौता अन्तर्गत स्टार हस्पिटल लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, स्टार हस्पिटल लि. का सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २०:२१
प्रतिक्रिया दिनुहोस्