रणवीरको पछुतो–आमिरको सल्लाह नमानेर गल्ती गरेँ
मुम्बई–बलिउड अभिनेता रणवीर कपूर हालका दिनमा फिल्म ‘शमशेरा’का कारण चर्चामा छन् । यो फिल्म भोलि अर्थात् २२जुलाईमा रिलिज हुँदैछ । सन् २०१८ मा फिल्म ‘सञ्जु’ पछि उनी यो फिल्ममार्फत दर्शकमाझ आउन लागेका हुन् ।
यिनै रणवीरलाई अहिले अभिनेता आमिर खानले दिएको सल्लाह नमान्दा पछुतो छ । ‘आमिर खानले मलाई बलिउडमा डेब्यू गर्नुअघि एक सल्लाह दिनुभएको थियो । उहाँले मलाई अभिनयमा डेब्यू गर्नुअघि झोलामा लुगा हालेर भारतको यात्रामा निस्कन सल्लाह दिनुभएको थियो । हामी बिलासी जीवनमा रमाइरहेका छौं । हामीलाई परम्परागत संस्कृतिबारे थाहा छैन । यहीकारण उहाँले मलाई सम्झाउनुभएको थियो’, उनले भनेका छन् ।
आमिरले आफूलाई सल्लाह दिइरहँदा आफूले ‘उहाँ के भनिरहनुभएको छ’ भन्ने प्रश्नमा मनमा उठेको खुलाए । ‘आमिरको सल्लाह नमानेर मैले गल्ती गरेँ । किनकी म अब अभिनेता भइसकेको छु । अब म खुलेर यात्रा गर्न सक्दिनँ,’ रणवीरले भनेका छन् । रणवीरले सन् २००७ मा सञ्जय लीला भन्सालीको फिल्म ‘साँवरिया’बाट बलिउडमा डेब्यू गरेका थिए ।
–बलिउड लाइफ
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २१:०७
प्रतिक्रिया दिनुहोस्