Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतको उत्तर प्रदेशमा चट्याङ लागेर १४ जनाको मृत्यु

बिहीबार, मंसिर ८, २०७९
पटना– भारतको उत्तर प्रदेशमा चट्याङ लागेर १४ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बुधबार चट्याङ लागेर ज्यान गुमाएकाका परिवारलाई ४ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । राहत आयुक्तको कार्यालयका अनुसार बांदामा चार, फतेहपुरमा दुई र बलरामपुर, चन्दौली, बुलन्दशहर, रायबरेली, अमेठी, कौशाम्बी, सुल्तानपुर र चित्रकूट जिल्लामा एक–एक जनाको चट्याङ लागेर मृत्यु भएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:०३
प्रतिक्रिया दिनुहोस्