शमशेराको सुटिङमा क्यान्सर पीडित थिए सञ्जय
मुम्बई–फिल्म ‘शमशेरा’को ट्रेलरमा सञ्जय दत्तको लुक्सलाई लिएर फ्यानमाझ एउटा छुट्टै उत्साह छ । उनको यो लुक्स सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
फिल्ममा भिलेनको भूमिकामा देखिएका सञ्जय दर्शकमाझ शुद्ध सिंह चरित्रमा आउँदैछन् । तर सायद कमैलाई थाहा होला, सञ्जयलाई क्यान्सर भइरहँदा उनी यो फिल्मको सुटिङमा व्यस्त थिए ।
उनले आफूलाई क्यान्सर भए पनि सुटिङमा यो कुराको जानकारी कसैलाई दिएका थिएनन् । यो कुरा केवल निर्देशक करण मल्होत्रालाई मात्र जानकारी थियो । करण सञ्जयको यो त्यागलाई ‘सुपरमेन’को उपमा दिन्छन् ।
‘सञ्जय सरलाई क्यान्सर भएको कुरा हामी सबैका लागि दुःखको कुरा थियो । हामीलाई यो रोगको बारेमा कुनै जानकारी नै थिएन । तर उहाँ भने आफूलाई केही नभएको जसरी काम गरिरहनुभएको थियो । त्यहीकारण उहाँ अहिले जहाँ हुनुहुन्छ, उहाँको कामप्रतिको लगावले नै हो । यो सबैका लागि प्रेरणा बन्न सक्छ’, करणले भनेका छन् ।
उनका अनुसार फिल्मको सुटिङको समयमा सञ्जयले गर्न नसकेको काम केही थिएन । ‘उहाँको निजी जीवनमा जति ठूलै घटना भए पनि त्यो पीडा उहाँले अनुहारमा कहिल्यै ल्याउनुभएन । उहाँ एक सुपरमेन हो’, उनले भनेका छन् ।
सञ्जय सन् २०२० को अगष्टमा फोक्सोको क्यान्सरबाट पीडित भएका थिए । उनलाई स्टेज ४ को फोक्सो क्यान्सर भएको थियो । उनी अहिले स्वस्थ छन् र काममा फर्किइसकेका छन् ।
–आजतक
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:१२
प्रतिक्रिया दिनुहोस्