एलोन मस्कले बेचे बिटक्वाइन, बिटक्वाइनकाे मूल्यमा कस्तो असर पर्ला ?
लण्डन– इलेक्ट्रिक कार निर्माता टेस्लाले आफ्नो क्रिप्टोकरेन्सीको होल्डिङ बेचेको छ । गत वर्ष मात्र, कम्पनीले बिटक्वाइनमा ठूलो लगानी गरेको समाचार बाहिर आएको थियो ।
कम्पनीले ७५ प्रतिशत बिटक्वाइन बेचेको छ । जसको मूल्य २ अर्ब अमेरिकी डलर बराबार छ । बिटक्वाइनको ६ प्रतिशत बिक्री गरेको बताएको छ।
यस वर्ष क्रिप्टोकरेन्सीको मूल्य ५० प्रतिशतभन्दा बढीले घटेको छ ।
टेस्लाले यसको बिटक्वाइन बिक्रीबाट ९३.६ करोड मूल्यको परम्परागत मुद्रा किनेको बताएको छ।
टेस्लाका मालिक एलोन मस्कले क्रिप्टोकरेन्सीको सम्बन्धमा सामाजिक सञ्जालमा दिएको बयानले क्रिप्टोकरेन्सी बजारमा उतारचढावलाई असर गरिरहेको छ।
फेब्रुअरी २०२१ मा उनले १.५ अर्ब अमेरिकी डलर लगानी गरेको बताएका थिए ।
गत वर्ष नोभेम्बरमा बिटक्वाइनको मूल्य करिब ७५ हजार डलर थियो । तर अहिले बिटक्वाइन २५ हजार डलरमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ११:०३
प्रतिक्रिया दिनुहोस्