ओम र रेखाको बोल्ड दृश्यले भाँचिएको थियो कुर्सी
मुम्बई– बलिउडमा यस्ता कैयौं फिल्म छन्, जसमा रोमान्सले एउटा सीमा नै पार गरेको छ । बलिउडमा धेरै अभिनेत्रीहरुले यस्ता किसिमका बोल्ड दृश्य दिएका छन्, जुन दृश्य सम्झँदा दर्शक तर्सन्छन् ।
सन् १९९७ मा बनेको फिल्म ‘आस्थाः इन द प्रिजन अफ स्प्रिङ’ एक यस्तै फिल्म हो, जहाँ अभिनेत्री रेखा र अभिनेता ओम पुरीको बोल्ड दृश्यले सारा सीमा पारेको थियो । अभिनेत्री रेखालाई दर्शकले सहज अभिनय गर्ने अभिनेत्रीका रुपमा चिन्छन् । यो फिल्ममा ओम र रेखाको बोल्ड दृश्य निकै सहज किसिमको थियो । तर यो दृश्य दिइरहँदा एक यस्तो घटना भयो, जुन अहिले पनि चर्चामा आइरहन्छ ।
फिल्मले बक्सअफिसमा सोचेजस्तो व्यापार त गरेन, तर फिल्मको एक दृश्यले सबैको ध्यान तानेको थियो । फिल्ममा रेखा र ओमले कुर्सीमा बसेर एक यौन दृश्य दिएका थिए । त्यो दृश्यका कारण उनीहरु बसेको कुर्सी भाँचिएको थियो । दुवैको अभिनय र बढी तौलका कारण कुर्सीले उनीहरुलाई थाम्न सकेन ।
फिल्ममा ओमले रेखाको पतिको भूमिका निर्वाह गरेका थिए ।
–दैनिक जागरण
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:१२
प्रतिक्रिया दिनुहोस्