Nic Ad Nic Ad
Nic Ad Nic Ad

गैर–मुस्लिमलाई प्रतिबन्ध लगाइएको मक्कामा इजरायली टिभी पत्रकार प्रवेश गरेपछि हंगामा

शुक्रबार, मंसिर ९, २०७९
मक्का– एक इजरायली पत्रकारले साउदी अरबको भ्रमणका क्रममा पवित्र सहर मक्काको भ्रमण गरेपछि विवाद चर्किएको छ । यसबारे सामाजिक सञ्जालमा मानिसहरुले असन्तुष्टि व्यक्त गरिरहेका छन् । इजरायलको च्यानल १३ का टिभी पत्रकार गिल ताम्रीले मक्का जाने बाटोमा सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरे, जहाँ गैर–मुस्लिमहरूलाई प्रवेश गर्न निषेध गरिएको छ। उनले मुस्लिम धर्मावलम्बीहरू हज यात्राको क्रममा भेला हुने पवित्र स्थल अराफात पर्वत पनि चढेका थिए। उनको भ्रमणलाई साउदी अरेबियाका अधिकारीहरूले अनुमति दिएनन्। उनी इजरायल फर्किएपछि टिभी च्यानलले उक्त रिपोर्ट सार्वजनिक गरेको हो । भ्रमणपछि पत्रकार गिल ताम्रीले माफी मागे र आफू धार्मिक सहिष्णुता प्रवर्द्धन गर्न मक्का र इस्लामको सुन्दरता संसारलाई देखाउन चाहेको बताए। साउदी अरेबिया र इजरायल बीच कुनै कूटनीतिक सम्बन्ध छैन, तर सम्बन्ध बिस्तारै सुधार हुँदैछ। गत हप्ता अमेरिकी राष्ट्रपति जो बाइडेनको साउदी अरेबियाको भ्रमणका क्रममा कैयौं इजरायली पत्रकार विदेशी राहदानी प्रयोग गरेर साउदी अरेबिया प्रवेश गरेका थिए। पत्रकार गिल ताम्रीलाई उनी त्यहाँ के गर्दैछन् भन्ने राम्ररी जानकारी भएको बताइएको छ । भिडियो बनाउने क्रममा उनले मक्काको महत्व स्पष्टसँग बताउदै त्यहाँ पुगेर यस्तो तस्बिर खिच्न सक्ने आफू पहिलो इजरायली पत्रकार भएको बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:११
प्रतिक्रिया दिनुहोस्