Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेप्से ६ अंकले घट्यो

बिहीबार, मंसिर ८, २०७९
काठमाडाैँ – पछिल्लो समय लगातार सामान्य बढिरहेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार पाँच दशमलव ८७ अङ्कले घटेर दुई हजार ४४ दशमलव ७२ विन्दुमा झरेको छ । आज बैंकिङ र अन्य समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर घटेको छ । दुई सय २५ वटा कम्पनीका ३९ लाख आठ हजार कित्ता शेयर एक अर्ब ६४ करोड २६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १७ करोड रुपैयाँको शेयर किनबेच भयो । आज किसान लघुवित्तको शेयर झन्डै साढे पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सेन्ट्रल फाइनान्सको शेयर भने तीन प्रतिशतभन्दा धेरैले बढेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १९:४१
प्रतिक्रिया दिनुहोस्