गभर्नर अधिकारी विरुद्ध माइतीघरमा कार्टुन प्रदर्शन (फोटो फिचर)
काठमाडौँ– नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) ले आज माइतीघर मण्डलामा कार्टुन प्रदर्शन गरेको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभाग सदस्य बनेको खुलासा भएसँगै उनीहरूले संसद् र सडकबाट विरोध भैरहेको छ
उनीहरुले गभर्नर अधिकारीलाई बर्खास्तीको लागि कार्टुन प्रर्दशन कार्यक्रममा अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, नेविसंघका अध्यक्ष डुजाङ शेर्पा,अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहको उपस्थिति रहेको छ।
युवा र विद्यार्थी संगठनले अधिकारी नैतिक रुपमा गभर्नरको पदमा बसिरहन नमिल्ने भन्दै सडक संघर्ष सुरु गरेका माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसीएल) र अखिल (क्रान्तिकारी) ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै जिल्ला ,अञ्चल गर्दै विभिन्न ठाउँहरूमा पुत्ला समेत जलाएको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:०२
प्रतिक्रिया दिनुहोस्