भारतः आफूलाई मनपरेको चिकित्सकले मात्र छोरीको पोष्टमार्टम गर्नुपर्ने माग राख्दै सर्वोच्चमा मुद्दा
तमिलनाडुःः छोरीको शवको पोष्टमार्टमका लागि एक बाबुले सर्वोच्च अदालतमा निवेदन दिएका थिए, जसलाई अदालतले मान्न अस्वीकार गरेको छ ।
तमिलनाडुको एक निजी आवासीय विद्यालयमा १७ वर्षीया किशोरी मृत फेला परेकी थिइन् । किशोरीकी बुबाले निवेदनमा आफ्नो मनपर्ने डाक्टरलाई पोस्टमार्टमका लागि विशेषज्ञ टोलीको हिस्सा बनाउनुपर्ने बताएका छन् ।
जुलाई १३ मा कक्षा १२ का विद्यार्थीको मृत्युपछि तमिलनाडुको कल्लाकुरिची जिल्लाका केही क्षेत्रमा हिंसा भड्किएको थियो।
न्यायाधीश बीआर गवई र पीएस नरसिंहको इजलासले पोस्टमार्टमका लागि स्वतन्त्र विशेषज्ञलाई किन शंका गर्ने भन्दै अदालतले उनको निवेदन खारेज गरिदिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १०:३९
प्रतिक्रिया दिनुहोस्