द्रौपदी मुर्मू भइन् भारतकी नयाँ राष्ट्रपति
नयाँ दिल्ली– भारतको राष्ट्रपति निर्वाचनको मतगणनाको नतिजा आएको छ । यसमा एनडीएकी उम्मेदवार द्रौपदी मुर्मूले विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हामाथि निर्णायक अग्रता लिएकी छिन् ।
भारतको राष्ट्रपति चयन गर्ने इलेक्टोरल कलेजमा भोटको कुल सङ्ख्या १,०८७, ४३१ छ।
यस निर्वाचनमा दुई जना उम्मेदवार रहेकाले कुनै एक उम्मेदवारले आधाभन्दा बढी मत प्राप्त गरेमा कुनै पनि उम्मेदवारको जित निश्चित हुन्छ । यस्तो अवस्थामा द्रौपदी मुर्मूलाई जिताउन ५४३,२१६ मत आवश्यक थियो ।
समाचार एजेन्सी एएनआईले राज्यसभाका महासचिव पीसी मोदीलाई उद्धृत गर्दै तेस्रो राउण्डको समाप्तिपछि द्रौपदी मुर्मुले ५,७७,७७७ मत प्राप्त गरेको बताएको छ । जबकि उनका प्रतिद्वन्द्वी यशवन्त सिन्हाले हालसम्म २ लाख ६१ हजार ६२ मत मात्र ल्याएका छन् ।
मुर्मू भारतमा राष्ट्रपति हुने पहिलो आदिवासी र दोस्रो महिला भइन्। ओडिशाका मुर्मू यसअघि झारखण्डको राज्यपाल पनि भइसकेका छन्।
द्रौपदी मुर्मूले जुलाई २५ मा राष्ट्रपति पद र गोपनियताको सपथ लिनेछन् ।
द्रौपदी मुर्मूले सुरुदेखि नै अग्रता कायम गरेकी थिइन् ।
यसअघि दोस्रो चरणको मतगणनाको अन्त्यसम्ममा एनडीए उम्मेद्वार द्रौपदी मुर्मूले अहिलेसम्मको मतगणनाको करिब ७२ प्रतिशत मत प्राप्त गरिसकेकी छिन् ।
पीटीआईका अनुसार दोस्रो राउण्ड पूरा भएपछि अरुणाचल प्रदेश, असम, बिहार, झारखण्ड, हरियाणा, हिमाचल प्रदेश, छत्तीसगढ, गोवा र गुजरातका १० राज्यका सबै सांसद र विधायकको मत गणना भइसकेको थियो।
त्यसबेलासम्म करिब ६.७३ लाख भोटमध्ये द्रौपदी मुर्मूले ४.८३ लाख मत पाएकी थिइन् । उनका प्रतिद्वन्द्वी यशवन्त सिन्हाले १ लाख ८९ हजार मात्रै मत पाएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १०:३८
प्रतिक्रिया दिनुहोस्