Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रभु बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– प्रभु बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच युवा तथा महिला उद्यमी र साना किसानहरूलाई सुलभ वित्तिय कर्जा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । हेफर इन्टरनेशनलले एसियाका बरिष्ठ कार्यक्रम निर्देशक निना जोशीको उपस्थितिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र हेफर नेपालका तर्फबाट राष्ट्रिय निर्देशक डा. शुभ नारायण महतोले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।  सम्झौता अनुसार कृषि तथा पशुपालन सम्बन्धी क्षेत्रहरू जस्तै बाख्रापालन, गाईपालन तथा तरकारीको मूल्य शृङ्खलामा संलग्न युवा तथा महिला उद्यमी र साना किसानहरूलाई सहज ढङ्गले वित्तिय कर्जा उपलब्ध गराउन बैंक र हेफर इन्टरनेशनल नेपालबीच उक्त सम्झौता भएको छ । यस साझेदारी को मुख्य उद्देश्य, युवा तथा महिला उद्यमी र साना किसानहरूको व्यवसाय विकास र विस्तारमा केन्द्रित गर्ने रहेको छ ।   उक्त योजनामा हेफर नेपालका तर्फबाट कृषि सहकारी र स्थानीय सरकार पनि आबद्ध रहेका छन् । कृषि सहकारी वा स्थानीय सरकारले उद्यमीहरूको पहिचान र सिफारिस गरि बैंकसँग जोड्न सहज बनाउनेछन् । साथै, समाजमा उच्चस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्य लिई आफ्नो ६२ जिल्लामा रहेका २१६ शाखा कार्यालयहरू ६३ एक्सटेन्सन काउन्टर तथा १९४ एटिएम सहित फराकिलो पहुँच रहेको प्रभु बैंकले उक्त सम्झौता अनुरूप करिव १,५०० उद्यमीहरूलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्नेले विश्वास लिएको छ ।    
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १९:०८
प्रतिक्रिया दिनुहोस्