एनसीसी बैकको “एनसीसी प्रफुल्ल मुद्दती खाता योजना” मा निक्षेपकर्ताले १० गुणासम्म रकम पाउने
काठमाडौँ– एनसीसी बैंकले “एनसीसी प्रफुल्ल मुद्दती खाता” संचालनमा ल्याएको छ । यस मुद्दती योजनामा निक्षेपकर्ताले निक्षेप रकमको १० गुणासम्म रकम पाउनेछन् ।
सीमित अवधिसम्म लागु हुने यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिन देखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिन देखि २४ वर्ष ११ महिना २ दिनसम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार दोब्बर देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् ।
एनसीसी प्रफुल्ल मुद्दती खाता योजनाको विभिन्न विशेषताहरु निम्नानुसार तालिकामा देखाइएको छ:
योजना व्यक्तिगत संस्थागत
२ गुणा ६ वर्ष ४ महिना २५ दिन ७ वर्ष १ महिना १२ दिन
३ गुणा १० वर्ष १ महिना २८ दिन ११ वर्ष ५ महिना २० दिन
५ गुणा १५ वर्ष ११ दिन १७ वर्ष २२ दिन
१० गुणा २१ वर्ष ६ महिना २८ दिन २४ वर्ष ११ महिना २ दिन
साथै पहिलो वर्षको लागि रु ५ लाख सम्मको दुर्घटना बीमा र रु २ लाख सम्मको घातक रोग बीमा सुविधा समेत उपलब्ध छ ।
एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमापनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १९:०४
प्रतिक्रिया दिनुहोस्