Nic Ad Nic Ad
Nic Ad Nic Ad

ग्लोबल आइएमई बैंकको खुद नाफा ५ अर्ब २० करोड ६४ लाख

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५ अर्ब २० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । विवरण अनुसार बैंकले सो अवधिसम्ममा ५ अर्बभन्दा बढी नाफा कमाउन सफल भएको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब १६ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७।५२ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी ९।२७ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १५।०४ प्रतिशत र सञ्चालन मुनाफा २६।९० प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३ अर्ब १९ करोड ९५ लाख रुपैयाँ रहेको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी ९ईपीएस० पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ६३ पैसा बढेर २१ रुपैयाँ ८८ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११।४९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ११ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष २०।४२ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप ३।३७ प्रतिशत र कर्जा १३।०७ प्रतिशत बढेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:०७
प्रतिक्रिया दिनुहोस्