Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बुधवारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरमा आजको लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १ सय २७ रुपैय ६२ पैसा र बिक्री दर १२८ रुपैयाँ २२ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३० रुपैयाँ ७ पैसा र बिक्री दर १३० रुपैयाँ ६८ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५२ रुपैयाँ ६३ पैसा र बिक्री दर १५३ रुपैयाँ ३५ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ९१ रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ७४ पैसा र बिक्री दर ८८ रुपैयाँ १५ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ ३१ रहेको छ ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ २० पैसा र बिक्री दर ९ रुपैयाँ २५ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८६ पैसा र बिक्री दर १८ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ९६ पैसा र बिक्री दर ३४ रुपैयाँ १२ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ९० पैसा र बिक्री दर ३५ रुपैयाँ ७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७७ पैसा रहेको छ । त्यस्तै कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७४ पैसा र बिक्री दर ९ रुपैयाँ ७९ पैसा कायम भएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १९:५३
प्रतिक्रिया दिनुहोस्