Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्र बैंक सञ्चालक समितिद्वारा मौद्रिक नीति पारित

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गरेको छ।​ आज बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिबाट मौद्रिक नीति पासभएसँगै आजै यो सार्वजनिक गरिने भएको हो। राष्ट्र बैंकका अनुसार शुक्रबार दिउँसो साढे ४ बजे मौद्रिक नीति सार्वजनिक गरिनेछ। चालू आर्थिक वर्षको लागि ल्याइने मौद्रिक नीतिले गत आर्थिक वर्षको नीति र त्यसको प्रभावको सम्बन्धमा समेत व्याख्या गर्नेछ। नेपाल राष्ट्र बैंक स्रोतका अनुसार नयाँ मौद्रिक नीतिले मूल्यवृद्धि लक्ष्यअनुसार नै नियन्त्रणमा रहेको एकिन गर्नेछ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १९:०९
प्रतिक्रिया दिनुहोस्