Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्र बैंक सञ्चालक समितिले गर्‍यो मौद्रिक नीति पारित, साढे ४ बजे सार्वजनिक गरिंदै

बिहीबार, मंसिर ८, २०७९

काठमाडौंँ - राष्ट्र बैंक सञ्चालक समितिको आज (शुक्रबार) को बैठकले मौद्रिक नीति पारित गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिबाट मौद्रिक नीति पासभएसँगै शुक्रबारै यो सार्वजनिक गरिने भएको हो । राष्ट्र बैंकका अनुसार शुक्रबार दिउँसो साढे ४ बजे मौद्रिक नीति सार्वजनिक गरिनेछ । चालू आर्थिक वर्षको लागि ल्याइने मौद्रिक नीतिले गत आर्थिक वर्षको नीति र त्यसको प्रभावको सम्बन्धमा समेत व्याख्या गर्नेछ ।

नेपाल राष्ट्र बैंक स्रोतका अनुसार नयाँ मौद्रिक नीतिले मूल्यवृद्धि लक्ष्यअनुसार नै नियन्त्रणमा रहेको एकिन गर्नेछ । राष्ट्र बैंकले अहिलेको महँगी नियन्त्रणका लागि पनि ब्याजदर बढाउनुपर्ने बताइरहेको छ । कारोनाकालमा दिएको सुविधाहरुलाई परिमार्जन भएको कसिलो मौद्रिक नीति ल्याउने तयारी छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १९:५४
प्रतिक्रिया दिनुहोस्