Nic Ad Nic Ad
Nic Ad Nic Ad

ट्वीङ्कलको पाउ किन छुन्छन् अक्षय कुमार ?

शुक्रबार, मंसिर ९, २०७९
मुम्बई—बलिउड फिल्म निर्माता करण जोहारले आफ्नो शो ‘कफी विद करण’को सातौं सिजनका साथ पुनः प्रवेश गरेका छन् । तेस्रो सप्ताह करणको यो शोमा बलिउड खेलाडी कुमार अक्षय कुमार र साउथ स्टार सामन्था रुथ प्रभुले प्रवेश गरे । दुवैले न करणको शो गेम खेले, आफ्ना जीवनसँग जोडिएका कैयौं खुलासा पनि गरे । अक्षयले श्रीमति ट्वीङ्कल खन्नासँग आफ्नो बन्डिङको बारेमा कुराकानी पनि गरे । उनले श्रीमतिलाई नमस्कार गर्नेदेखि लिएर पाउ छुनेसम्म काम गर्ने गरेको खुलाए । करणले शोमा अक्षयलाई उनको वैवाहिक जीवनको बारेमा प्रश्न सोधेका थिए । जवाफमा अक्षयले आफू र श्रीमति फरक फरक व्यवहारको भएको खुलाए । उनलाई करणले ट्वीङ्कललाई कस्तो किसिमको सहयोग गर्नुहुन्छ भनेर सोधेका थिए । ‘म केही नभनी उसलाई सहयोग गर्छु । उनी जब केही लेख्छिन्, तब म उनलाई सीमा ननाघ्न भनेर सम्झाउँछु’, अक्षयले भनेका छन् । अक्षयका अनुसार उनले श्रीमति ट्वीङ्कललाई सम्झाउन पाउसमेत छुने गर्दछन् । ‘म उनको पाउ छुन्छु र यसले समस्या निम्त्याउन सक्छ भनेर सम्झाउने प्रयास गर्छु । उसलाई सम्झाउन दुईदेखि तीन घण्टासम्म लाग्छ’, अक्षयले भनेका छन् । अभिनयबाट टाढिएपछि ट्वीङ्कल लेखनमा व्यस्त छिन् । उनले कैयौं किताब मात्र लेखिनन्, राजनीतिक र सामाजिक मुद्धामा खुलेर आफ्नो विचारसमेत राख्छिन् । —बलिउडहंगामा
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:२६
प्रतिक्रिया दिनुहोस्