नेभिगेशन
सिएन ग्यालरी

नागरिकता विधेयक खारेजीको माग गर्दै प्रर्दशन (तस्वीरहरु)

काठमाडौँ– नागरिकता विधेयक संसद्मा पारित हुने कार्यसूचीको विरोध गर्दै विभिन्न दलले नयाँ बानेश्वरमा प्रर्दशन गरेको छन् । यसरी नागरिकता विधेयक खारेजीको माग राख्दै नेकपा (क्रान्तीकारी माओवादी), नेकपा (बहुमत), माओवादी कम्युनिष्ट पार्टी, नेपाल, नेकपा मसाल केन्द्रीय समन्वय समिति, नेपाल कम्युनिष्ट पार्टी र संयुक्त क्रान्तिकारी मोर्चा, नेपालले विरोध प्रर्दशन गरेका हुन् । आजको संसद् बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदको सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ । संसद बैठक केहीबेर अघिबाट शुरु भएको छ । सरकारले नागरिकता विधेयक संसद बैठकबाट फास्ट ट्रयाकमा पारित गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्