Nic Ad Nic Ad
Nic Ad Nic Ad

मौद्रिक नीति आउँदै गर्दा शेयर बजारमा दोहोरो अंकको गिरावट, सबै समूह राताम्मे

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं - नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहँदा शेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो । शेयर कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक २७.२६ अंकले घटेको हो । मौद्रिक नीति कसिलो आउने आशंकामा रहेका लगानीकर्ताको मनोबल घट्दा बजारले नकारात्मक प्रतिक्रिया दिएको हो । नेपाल राष्ट्र बैंकले आज बेलुका ४ बजे चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछ ।

आज नेप्से २७.२६ अंकले घटेर २०१७.४६ विन्दुमा पुगेको छ । नेप्से ओरालो लागेसँगै बिहीबारको तुलनामा कारोबार रकम घटेको छ । आज २१२ कम्पनीको ३३ लाख २० हजार ५१२ कित्ता शेयर एक अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७० रुपैयाँमा कारोबार भयो । बिहीबार १ अर्ब ६४ करोड बराबरको सेयर कारोबार भएको थियो । कारोबारमा आएका सबै समूहको सूचक घटेको छ । आज कुनै पनि कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेन । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रह्यो । सो कम्पनीको २१ करोड बढीको सेयर कारोबार भयो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १८:४०
प्रतिक्रिया दिनुहोस्