आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीति: बैंक दर बढाइयो
काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरिरहेका छन् ।
मौद्रिक नीति कसिलो बनाइएको छ ।
कर्जालाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नेतर्फ जोड दिइएको छ । बैंक दर बढाएर ८.५% पुर्याइएको छ ।
विस्तृत मुद्रा प्रदाय १२ प्रतिशतमा सीमित गरिने भएको छ । कोभिडको समयमा दिइएका छुट तथा सुविधालाई क्रमशः कटौती गरिएको छ । काउन्टर साइक्लिकल बफरलाई फेरि लागू गरिने भएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १९:१३
प्रतिक्रिया दिनुहोस्